संरक्षणकाे अभावमा मधेश प्रदेशका धार्मिक सम्पदा जीर्ण बन्दै

 चैत २१, २०८० बुधबार १३:५६:४३ | रासस
unn.prixa.net

महाेत्तरीकाे बर्दिबास–५ मा रहेको टुटेश्वरनाथ महादेव मन्दिर । तस्बिर : सामाजिक सञ्जाल

महत्तोरी – मधेश प्रदेश प्राचीन संस्कृति, परम्परा र परिचयले विविधतायुक्त छ । प्राचीन मिथिला संस्कृतिको केन्द्र मानिने जनकपुरधाममा रहेका केही मठमन्दिरबाहेक ऐतिहासिक महत्त्वका धेरै सम्पदा जीर्ण भएका छन् । महोत्तरीका ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वका धार्मिक सम्पदा संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।

हिन्दू, इस्लाम र बौद्ध परम्पराका ऐतिहासिक सम्पदा र स्थल खास पर्वमा सम्झना गरिए पनि तिनको संरक्षणमा योजनाबद्ध पहलकदमी नदेखिएपछि यी उपेक्षित बनेका हुन् । योसँगै मधेश प्रदेशका अरू जिल्लामा पनि विभिन्न भार्मिक क्षेत्र, गुफा, लोपाेन्मुख चरा तथा जनावरको बासस्थान फेला परेका छन् । तर यी उचित संरक्षणको अभावमा जीर्ण भएका स्थानीयवासीले बताएका छन् ।

मधेश प्रदेशमा रहेका हिन्दू परम्पराका मठमन्दिर, इस्लाम परम्पराका मजार र बौद्ध परम्पराका गुम्बा रेखदेख र संरक्षण नपाएर खण्डहरजस्तै बन्दैछन् । यी पुरातात्त्विक महत्त्वका स्थलको संरक्षण, सम्वर्द्धनमा तीनै तहका सरकारको चासो र पहलकदमी  हुनपर्ने महोत्तरीका स्थानीयवासी रामएकवाल रायले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया