नेपालमा लगानी गर्न स्विस उद्यमीलाई सरकारको आह्वान

 चैत २१, २०८० बुधबार १३:४६:४८ | रासस
unn.prixa.net

काठमाण्डौ – सरकारले स्विट्जरल्यान्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्विस सरकारसँग अनुरोध गरेको छ । आउँदो महिना नेपालमा हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्विस सरकारलाई सरकारले अनुरोध गरेको हो ।

नेपाल–स्विट्जरल्यान्ड परामर्श संयन्त्रको बेर्नमा भएको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले लगानी गर्न आह्वान गर्नुभएको जेनेभामा रहेको नेपालको दूतावासले जनाएको छ । बैठकमा नेपाल–स्विट्जरल्यान्ड सम्बन्धका समग्र पक्षका साथै आर्थिक, विकास साझेदारी, बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान, मानव अधिकार तथा जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका सामयिक विषयमा पनि छलफल भएको थियो ।

दुवै देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, अतिकम विकसित देशको सूचीबाट स्तरोन्नतिका निम्ति नेपालले गरेका प्रयास, दिगो विकास लक्ष्य हासिलमा भएका प्रगति, नेपाल–स्विट्जरल्यान्ड व्यापार, लगानी, पर्यटन, विज्ञान तथा प्रविधि र व्यावसायिक तालिमबारे बैठकमा छलफल भएको दूतावासले जनाएको छ ।

छलफलमा स्विस सरकारका प्रतिनिधि हेनरिच सेलेनवर्गले नेपालको विकास प्रयासमा स्विस सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया