नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न २ मिटर खन्न बाँकी

 चैत २१, २०८० बुधबार १५:९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ छिचोल्नका लागि तयारी अवस्थामा पुगेको छ । दुई मिटर खन्न बाँकी रहेकोले 'ब्रेक थ्रु' अर्थात् सुरुङ छिचोल्ने कार्यक्रम गर्न सकिने अवस्थामा पुगेको आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिनुभयो । सुरुङ छिचोल्ने अवस्थामा पुगेको भए पनि मिति भने तय भइनसकेको उहाँले बताउनुभयो । ब्रेक 'थ्रु' काे मिति चाँडै तय हुने पनि दुमरुले बताउनुभयो ।

यसअघि गएको फागुन २३ गते नै सुरुङ छिचोल्ने मिति तय भएकोमा स्थानीयवासीले काममा अवरोध गर्दा हुन सकेको थिएन । स्थानीयवासीसँगको सहमतिपछि गएको चैत ६ गतेदेखि फेरि काम शुरु भएको हो । सुरुङ छिचोलेपछि सुरुङलाई थप सुधार गर्नुपर्ने भएकाले गाडी चलाउन थप एक वर्ष लाग्ने उपनिर्देशक दुमरुले बताउनुभयो ।

अहिले थानकोटमा फ्लाईओभर निर्माण भइरहेको छ । फ्लाईओभरबाट सुरुङ मार्गसम्म पुग्ने सडकमा ग्राभेल र कालोपत्रकाे काम हुँदै छ । २०७६ सालमा २२ अर्ब रुपैयाँमा ठेक्का लागेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको बाँकी काममा अवरोध नआए अबको एक वर्षमा प्रयोग गर्न सकिने आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले बताउनुभयो । अहिले साढे आठ किलोमिटर रहेको बलम्बु–सिस्नेखोला सडकमा सुरुङमार्ग भएर जाँदा भने तीन मिनेटमात्र लाग्ने आयोजनाको दाबी छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया