इलाममा चियाको पहिलो टिपाइ शुरु

 चैत २१, २०८० बुधबार १५:३२:५५ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

इलाम – इलाममा चियाको पहिलो टिपाइ शुरु भएको छ । बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ शुरु गरेको किसान ठाकुर खतिवडाले बताउनुभयो । अघिल्ला वर्षमा चैतको पहिलो हप्तामै पहिलो टिपाइ शुरु हुने गरेकोमा यस वर्ष पानी ढिला परेकोले मुना ढिलो पलाएको किसान खतिवडाले बताउनुभयो ।

इलामको तल्लो क्षेत्रमा चिया टिप्न शुरु भए पनि माथिल्लो क्षेत्रमा अझै चियाको मुना पलाएको छैन । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले पनि यो चिया महँगाे मूल्यमा बिक्ने गरेको छ । यसबाट गुणस्तरीय चिया निर्माण हुने भएकाले विदेशी नागरिकले समेत पहिलो टिपाइ नै खोज्ने गरेका छन् ।

चियाको टिपाइ शुरु भएपछि बगानका मजदुर व्यस्त भएका छन् । चिया कारखानाले पनि चिया प्रशोधनको तयारी थालेका छन् । चिया टिपाइ चैतदेखि कात्तिकसम्म हुन्छ । कात्तिक र मङ्सिर महिनामा चियाका बोटलाई छाँटकाँट गरिन्छ । फागुन र चैतमा गोडमेलसँगै गाईवस्तुको मल पनि राखिन्छ । चियाको टिपाइ झन्डै सात दिनको अन्तरमा हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया