कृषि वैज्ञानिकहरूको संस्था 'सास–नेपाल' को अध्यक्षमा डा. भानुभक्त पोख्रेल निर्वाचित

 चैत २१, २०८० बुधबार १८:२८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कृषि वैज्ञानिकहरूको संस्था 'सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट' (सास–नेपाल) को अध्यक्षमा डा. भानुभक्त पोख्रेल निर्वाचित हुनुभएको छ ।

ललितपुरको खुमलटारमा आज सम्पन्न सासको छैटाैँ राष्ट्रिय सम्मेलन तथा आठौँ साधारण सभाले कृषि अनुसन्धान निर्देशनालय डोटीका निर्देशक डा. पोख्रेलको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति छनोट गरेको हो । उपाध्यक्षमा डा. नवराज आचार्य, महासचिवमा डा. उमेश आचार्य, सचिवमा (प्रशासनतर्फ) कपिल पौडेल, सचिव (समन्वयतर्फ) डा. रामबहादुर खड्का, सचिव (आर्थिक सङ्कलन) डा. रोशनबाबु ओझा, कोषाध्यक्षमा मीरा ढकाल निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा रविन गिरि, डा. उज्जवलकुमार सिंह कुशहवा, दीपेन्द्र घिमिरे र शङ्करराज पन्त निर्वाचित हुनुभएको छ ।

सन् १९९५ मा स्थापित सास–नेपालले कृषि अनुसन्धानको नीतिगत क्षेत्रमा सरकारलाई सल्लाह सुझाव दिने, कृषि वैज्ञानिकहरूको अनुसन्धानका उपलब्धिलाई जर्नलमार्फत प्रकाशन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा/सम्मेलन गर्ने, वैज्ञानिकहरूलाई आवश्यक तालिम, सीप प्रदान गर्ने, पुरस्कृत गर्ने तथा कृषि वैज्ञानिकहरूको हकहितका बारेमा बहस, छलफललगायतका काम गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया