भारतमा नेपालकाे लगातार तेस्राे जित, गुजरातलाई ८ रनले हराउँदै फाइनलमा

 चैत २१, २०८० बुधबार १८:२८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतमा चलिरहेकाे एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले लगातार तेस्राे जित हात पारेकाे छ । आज भएकाे खेलमा नेपालले गुजरातलाई ८ रनले हरायाे ।

नेपालले दिएकाे १ सय ८२ रनकाे लक्ष्य पछ्याएकाे गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनायाे । गुजरातका उमङ्ग टन्डेलले सबैभन्दा धेरै ४७ रन बनाए । बलिङतर्फ नेपालका कुशल मल्ल र साेमपाल कामीले समान २ विकेट लिए ।

यसअघि गुजरातको वापीमा रहेको साई मेघपन मैदान टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायाे । नेपालका आसिफ शेखले ८५, कुशल भुर्तेलले ६७ रन बनाए । कुशल र आसिफले पहिलाे विकेटका लागि १ सय २५ रनकाे साझेदारी गरे । बलिङतर्फ गुजरातका जयमीत पटेलले ३ विकेट लिए ।

याे जितसँगै नेपाल एक खेलअघि नै फाइनलमा पुगेकाे छ । प्रतियाेगितामा पर्सि शुक्रवार नेपाल र बराेडाबीच खेल हुनेछ । हिजो भएको खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो ।

टी–२० क्रिकेट शृङ्खलाकाे फाइनल खेल आउँदो २५ गते आइतवार  हुनेछ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया