आईपीएल क्रिकेटमा कोलकत्ताले दिल्लीलाई एक सय ६  रनको फराकिलो अन्तरले हरायो

 चैत २२, २०८० बिहिबार ६:४१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल  क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । गएराति विशाखापटनममा भएको खेलमा कोलकत्ताले दिल्लीलाई एकसय ६  रनको फराकिलो अन्तरले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो । कोलकत्ताका लागि सुनिल नरिनले सर्वाधिक ८५ रन बनाए । अनकृष रघुवंशीले ५४ , आन्द्रे रसेलले ४१ र  रिङ्कु सिंहले २६ रन बनाए । दिल्लीका एनरिक नोर्ट्जेले ३ विकेट लिए । ईशान्त शर्माले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १–१ विकेट लिए ।

२ सय ७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर २ बलमा सवै विकेट गुमाउँदै १ सय ६६ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टन स्टब्सले ५४ रन बनाए । कोलकत्ताका लागि वैभव अरोराले र वरुण चक्रवर्थिले समान ३–३, मिचेल स्टार्कले २ तथा आन्द्रे रसेल र सुनिल नरिनले समान १–१ विकेट लिए ।

जितसँगै कोलकत्ता ३ खेलमा शत प्रतिशत नतिजा सहित शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली भने ४ खेलमा १ जित सहित नवौं स्थानमा छ ।

आईपीएलमा आज गुजरात टाइटन्स र पञ्जाब किंग्स खेल्दैछन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया