जाँड–रक्सीलगायत उपहार वा कोसेली नलिन सार्वजनिक पदाधिकारीलाई लमजुङ प्रशासनकाे आग्रह

 चैत २८, २०८० बुधबार १५:१३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक पद धारण गरेका व्यक्ति वा पदाधिकारीलाई जाँड–रक्सीलगायत महँगा उपहार वा कोसेली स्वीकार नगर्न आग्रह गरेको छ ।

कार्यालयले एक सूचना निकालेर सार्वजनिक पदाधिकारीसँगको औपचारिक–अनौपचारिक भेटघाटमा संलग्न व्यक्ति तथा निकायहरूले जाँड–रक्सीलगायत महँगा उपहार लिने तथा दिने गरेको गुनासो प्राप्त भएको भन्दै आचारसंहिताको पालना गर्न सबैलाई आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले निकाल्नुभएको सूचनामा आफू बहाल रहेको पदअनुसार गर्नुपर्ने कुनै पनि कामका लागि उपहार, कोसेली वा कुनै किसिमको लाभ स्वीकार गर्नु भ्रष्टचारजन्य काम भएको उल्लेख छ । आचारसंहिता वा कानुनको उल्लङ्घन गरेको पाइएमा लिने र दिने दुवै व्यक्तिमाथि कारबाही हुने जिल्ला प्रशासन कार्यालय लमजुङले चेतावनी दिएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया