च्याम्पियन्स लिग क्वार्टरफाइनल : पीएसजी र बार्सिलोना तथा एट्लेटिकाे मड्रिड र डर्टमन्ड खेल्दै

 चैत २८, २०८० बुधबार १८:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज राति तेस्रो र चौथो क्वार्टरफाइनलको पहिलो लेगका खेल हुँदैछन् ।

राति पौने १ बजे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएजसी) र स्पेनी क्लब बार्सिलोनाबीच खेल हुँदैछ । यो खेल पीएसजीको घरेलु मैदान पार्क देस प्रिन्सेसमा हुनेछ । प्रि–क्वार्टरफाइनलमा पीएसजीले रियल सोसिडाड र बार्सिलोनाले नापोलीलाई हराएर अन्तिम आठमा पुगेका हुन् ।

अर्काे खेलमा राति पौने १ बजे नै स्पेनी क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बाेरुसिया डर्टमन्ड खेल्दैछन् । यो खेल एट्लेटिकोको घरेलु मैदान सिभिटास मेट्रोपोलिटानोमा हुनेछ । प्रि–क्वार्टरफाइनलमा एट्लेटिकोले इन्टर र डर्टमन्डले पीएसभीलाई हराएर अन्तिम आठमा पुगेका हुन् ।

गए राति भएको क्वार्टरफाइनलको पहिलो लेगमा आर्सनल र बार्यन म्युनिख तथा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया