ईपीएस भाषा परीक्षामा ६ हजार जनाभन्दा धेरै परीक्षार्थी पास

 चैत २८, २०८० बुधबार १८:२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले लिएको उत्पादनमूलकतर्फ पहिलो चरणको भाषा परीक्षामा छ हजार तीन सय २१ जना परीक्षार्थी पास भएका छन् ।

गएकाे फागुन ७ गतेदेखि चैत २४ गतेसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार पाँच सय ८० जनामध्ये छ हजार तीन सय २१ जना परीक्षार्थी पास भएका हुन् ।

अब सीप परीक्षणमा पास भएपछि उनीहरू कोरिया जान पाउने श्रमिकको सूचीमा सूचीकृत हुनेछन् । सीप परीक्षण आउँदो वैशाख ९ गतेदेखि वैशाख १५ गतेसम्म हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा आउँदो वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म र तेस्रो चरणको परीक्षा आउँदो कात्तिक २६ गते देखि पुस २ गतेसम्म हुने तालिका छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया