काेशी प्रदेश सभाकाे विशेष अधिवेशन आह्वान

 चैत २८, २०८० बुधबार १८:११:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सभाका एक चौथाइभन्दा धेरै प्रदेश सभा सदस्यले दिएको पत्रको आधारमा प्रदेश प्रमुख खापुङले आउँदो वैशाख ६ गतेका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अस्ति सोमवार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले विशेष अधिवेशन आह्वान गर्न लिखित रूपमा माग गरेका थिए । सोमवार नै मुख्यमन्त्री केदार कार्कीले जेठ ११ गते प्रदेश सभा अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो ।

एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन सोमवार नै फिर्ता लिएका छन् । विशेष अधिवेशनमा मुख्यमन्त्री अल्पमतमा पर्ने र उहाँले राजीनामा दिनुपर्ने वा विश्वासको मत लिनुपर्ने गठबन्धनको भनाइ छ । मुख्यमन्त्री कार्कीले भने संविधानअनुसार सरकार बन्ने अन्तिम धाराबमोजिमको सरकार भएकाले पदबाट राजीनामा पनि नदिने विश्वासको मत पनि नलिने बताउँदै आउनुभएको छ ।

कार्की नेपाली कांग्रेसबाट विद्रोह गरेर गएको असोज २७ गते मुख्यमन्त्री बन्नुभएको हो । एमाले र माओवादीले यो सरकारलाई विस्थापित गरेर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतबहादुर कार्की नेतृत्वमा नयाँ सरकार बनाउने बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया