नेपालकाे अर्थतन्त्रमा निजी क्षेत्रकाे याेगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

 चैत २८, २०८० बुधबार १८:१४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रसँगको समन्वय तथा सहकार्यलाई पहिलो प्राथामिकतामा राखेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणा सभा एवम् उद्योग वाणिज्य दिवस २०८० का अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।

प्रचण्डले नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी लक्षित महत्त्वपूर्ण कार्यक्रम समावेश गरी अर्थतन्त्रलाई सबल तुल्याउने सरकारको तयारी रहेको बताउनुभयो । साधारण खर्चमा मितव्ययिता अवलम्बन गरी पुँजीगत खर्च वृद्धि गर्न आयोजना र कार्यक्रमकाे प्राथमिकीकरण गर्नुका साथै आयोजनालाई थप व्यवस्थित बनाउन योजना वर्गीकरणको आधार र मापदण्ड निर्धारण गरिएको उहाँकाे भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले सस्तो लोकप्रियता र कसैको लाभका लागि आउँदो आर्थिक वर्षको बजेट र आर्थिक ऐनमा वित्तीय अनुशासन नमिचिने दाबी गर्नुभयो । केही समयअघि अर्थतन्त्रमा नकारात्मक परिदृष्य देखिएकोमा अहिले लय पक्रिएको भए पनि सुधार भयो भन्दैमा हौसिएर धेरै चिज गर्नसक्ने अवस्थामा सरकार नरहेको उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले लगानी गर्न चाहे पनि सरकारले त्यसका लागि वातावरण बनाउन नसकेको बताउनुभयो । उद्यमीले श्रम पसिना बगाएर निर्माण गरेको उद्यमलाई सरकारी नीति र कर्मचारीको लहडले एकैछिनमा भताभुङ्ग पारिदिनसक्ने अवस्था रहेको भन्दै अध्यक्ष ढकालले त्यसलाई सुधार्न आवश्यक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया