च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा  बार्सिलोना र एट्लेटिको म्याड्रिड विजयी

 चैत २९, २०८० बिहिबार ७:२४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पिएसजी)लाई स्पेनिस टोली बार्सिलोनाले हराएको छ । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको खेलमा पिएसजीलाई बार्सिलोनाले ३–२ ले हराएको हो ।

बार्सिलोनाको जितमा खेलको ३७ औँ र ६२ औँ मिनेटमा राफिन्हाले र ७७ औँ मिनेटमा एन्ड्रिज क्रिस्टेनसेनले गोल गरेका हुन् । पिएसजीका लागि खेलको ४८ औँ मिनेटमा ओस्मने डेम्बेलेले र ५० औं मिनेटमा भितिन्हाले गोल गरे ।

यसैबीच, गएराति भएको अर्को क्वाटरफाइनलको पहिलो लेगमा एट्लेटिको म्याड्रिडले बोरसिया डर्टमन्डलाई २–१ ले हराएको छ । घरेलु मैदान सिभिटास मेट्रोपोलिटनो स्टेडियममा भएको खेलमा एट्लेटिको म्याड्रिडले बोरसिया डर्टमन्डलाई हराएको हो ।

एट्लेटिको म्याड्रिडका लागि खेलको चौथो मिनेटमा रोड्रिगो डि पलले पहिलो गोल गरे । ३२ औँ मिनेटमा स्याम्युल लिनोले अर्को गोल थपे । बोरसिया डर्टमन्डका लागि सेबास्टेन ह्यालरले खेलको ८१ औँ मिनेटमा गरेको खोल बाहेक अरु गोल हुन सकेन ।

क्वाटरफाइनलको अर्को लेग अर्को हप्ता हुनेछ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया