आईपीएल क्रिकेटमा आज मुम्बई र बेङ्गलुरु खेल्दै

 चैत २९, २०८० बिहिबार १२:१४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरुबीच खेल हुँदैछ । मुम्बईको वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुने छ ।

यो सिजनमा अहिलेसम्म चार खेल खेलेको मुम्बईले एक खेल मात्र जितेको छ । तीन खेल हारेको मुम्बई आठौँ स्थानमा छ । बेङ्गलाेरले पनि अहिलेसम्म पाँच खेलमा एक खेल मात्र जितेको छ । चार खेल हारेको बेङ्गलुरु नवौँ स्थानमा छ ।

मुम्बई इन्डियन्स हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ भने बेङ्गलुरु फाफ डु प्लेसिसको कप्तानीमा खेलिरहेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया