भारतकाे हरियाणामा स्कुल बस दुर्घटना हुँदा छ जना बालबालिकाकाे ज्यान गयाे

 चैत २९, २०८० बिहिबार १८:१४:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको उत्तरी राज्य हरियाणामा स्कुल बस दुर्घटना हुँदा कम्तीमा छ जना बालबालिकाको ज्यान गएको छ । दुर्घटनामा २० जनाभन्दा धेरै विद्यार्थी घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

जी .एल पब्लिक स्कुलका झन्डै ४० जना विद्यार्थी बोकेको बस आज दिउँसो कानिना क्षेत्रमा दुर्घटना भएको हो । चालकले जाँड–रक्सी खाएको र तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले दुर्घटनामा दुःख व्यक्त गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया