एसीसी प्रिमियर कप क्रिकेट आजदेखि, नेपालले मलेसियासँग खेल्दै

 चैत ३०, २०८० शुक्रबार ८:५६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज नेपालले मलेसियासँग खेल्दैछ । ओमानको अल अमिरातमा आज शुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल सवा ४ बजे मलेसियासँग खेल्न लागेको हो । नेपाल गएको वर्षको विजेता हो ।

घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । मलेसिया भने समूह चरणबाटै बाहिरिएको थियो ।  समूहको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।  मलेसियाले कतार र साउदीलाई पराजित गरेको थियो ।

एसीसी प्रिमियर कप क्रिकेटमा आज एकैदिन चार वटा खेल हुँदैछन् । बिहान पौने १२ बजे ओमान र बहराइन तथा यूएई र कुवेतबीच खेल हुनेछ । यस्तै सवा ४ बजे हङकङ र कतार खेल्नेछन् ।

प्रतियोगितामा नेपालले दोस्रो खेलमा भोलि शनिवार कतारसँग, वैशाख ३ गते सोमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ । आजदेखि शुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया