डोल्पामा आगलागीबाट घाइते भएका एक बालकको ज्यान गयो

 चैत ३०, २०८० शुक्रबार १२:४२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

डोल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा रहेको सामुदायिक वनमा लागेको आगलागीमा परेर घाइते भएका तीन जना बालबालिकामध्ये एक जनाको ज्यान गएको छ ।

जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । घाइते भएका बाँकी दुई जनालाई थप उपचारका लागि काठमाण्डौ ल्याइँदैछ ।

गाउँ नजिक रहेको वनमा हिजो बिहान च्याउ टिप्न गएका  बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाण्डौ ल्याउन हेलिकप्टरको व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताउनुभयो ।

गएको मङ्गलवार डोल्पाको ठूलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चार जना नेपाली सेनाका जवानमध्ये तीन जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया