पहाडी क्षेत्रमा मौसम सामान्य बदली, केही ठाउँमा दिउँसोपछि हावाहुरीको सम्भावना

 बैशाख २, २०८१ आइतबार ८:२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – अहिले लुम्बिनी प्रदेशलगायत देशको पहाडी क्षेत्रमा मौसम सामान्य बदली छ । बाँकी ठाउँमा मौसम सफा नै छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले केही ठाउँमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसोपछि कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू –भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ । त्यस्तै कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हुरीबतासको सम्भावना छ ।

ती क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै र बाँकी पहाडी एक–दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया