इरान–इजरायलबीचको बढ्दो तनावप्रति नेपालको चिन्ता, संयमता अपनाउन आग्रह

 बैशाख ३, २०८१ सोमबार ७:२६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – इरान र इजरायलबीचको द्वन्द्वका कारण पश्चिम एसियामा बढ्दो तनावलाई लिएर नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउँदै वार्ता र कुटनीतिको प्रयोग गरी शान्ति स्थापना गर्नको लागि आह्वान गरेको छ ।

‘नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको विकासलाई नजिकबाट नियालिरहेको छ । यस क्षेत्रमा बढ्दो तनावप्रति हामी गम्भीर रूपमा चिन्तित छौँ’ मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । परराष्ट्र मन्त्रालयले युद्धको शान्तिपूर्ण समाधान हुने विश्वास पनि व्यक्त गरेको छ । शनिवार राति इरानले इजरायलमा ड्रोन आक्रमण गरेपछि पश्चिम एसियामा थप तनाव बढेको हो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया