हिमाल आरोहण अनुमति वापत ४२ करोड १२ लाख रोयल्टी सङ्कलन

 बैशाख ३, २०८१ सोमबार १२:४९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ –  वसन्तयाममा हिमाल आरोहणका लागि अनुमति दिएवापत् सरकारले ४२ करोड १२ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

हिजोसम्म २१ वटा हिमालका लागि पाँच सय ७३ जनालाई अनुमति दिंदा ४२ करोड १२ लाख ७८ हजार रुपैयाँ रोयल्टी सङ्कलन भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

सगरमाथाबाट मात्रै ३७ करोड ६६ लाख रुपैयाँ सङ्कलन भएको छ । अनुमति लिएका २१ वटा हिमालमध्ये वसन्तयामका लागि सबैभन्दा धेरै सगरमाथामा दुई सय ६४ जनाले अनुमति लिएका छन् । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया