आईपीएल क्रिकेट : शीर्ष स्थानको राजस्थानले कोलकातालाई हरायो

 बैशाख ५, २०८१ बुधबार ७:३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल


काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा कोलकाता राजस्थानसँग दुई विकेटले पराजित भयो । कोलकताले दिएको २ सय २४ रनको लक्ष्य  राजस्थानले अन्तिम बलमा ८ विकेट गुमाएर भेटायो । उसका जोस बटलरले अविजित एक सय ७ रनको शतकीय पारी खेले ।

कोलकताका हर्षित राना, सुनिल नरिन र वरुण चक्रवर्तीले समान २÷२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले सुनिल नरिनको शतकमा ६ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । नरिनले एक सय ९ रन बनाए पनि टोलीले जित्न सकेन ।

राजस्थानका आवेश खान र कुलदीप सेनले समान २/२ विकेट लिए । शीर्ष स्थानमा रहेको राजस्थानको ७ खेलमा १२ अङ्क भएको छ । कोलकाता ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ ।

आईपीएल क्रिकेटमा आज गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल बेलुका पौने ८ बजे शुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया