८ हजार मिटरभन्दा अग्ला हिमाल ४४ पटक चढेर निर्मल पुर्जाको अर्को कीर्तिमान

 बैशाख ५, २०८१ बुधबार ७:४९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – पर्वतारोहण क्षेत्रमा विश्व रेकर्ड बनाउँदै आएका निर्मल पुर्जा अर्थात निम्स दाइले अर्को कीर्तिमान बनाउनुभएको छ ।

उहाँले गएको नयाँ वर्षका दिन ८ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको आरोहणसँगै ८ हजार मिटरभन्दा अग्ला हिमालमा सबैभन्दा बढी पुग्ने आरोहीको कीर्तिमान बनाउनुभएको हो । पुर्जाले विश्वकै अग्लो शिखर सगरमाथासहित संसारभरका ८ हजार मिटरमाथिका १४ वटा हिमाल आरोहण गरिसक्नुभएको छ ।

गएको शनिवार अन्नपूर्ण हिमालमा भएको उहाँको ४४ औँ आरोहण हो । म्याग्दी घर भई अहिले बेलायतमा बस्दै आएका निर्मल पुर्जा नेपाली शेर्पा आरोहीसँगको साझेदारीमा इलाइट एक्सपिड नामको कम्पनीमार्फत पर्वतारोहण क्षेत्रमा कार्यरत हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया