च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बार्यन सेमिफाइनलमा : सिटी र आर्सनल पराजित

 बैशाख ६, २०८१ बिहिबार ७:२४:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युरोपेली च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड र आर्सनललाई हराउँदै बार्यन सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा सिटीलाई पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुग्यो । उसका गोलकिपर लुनिनले दुई पेनाल्टी रोके ।

त्यसअघि रियल र सिटीबिच क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम एक÷एक गोलको बराबरी भएको थियो । समग्रमा ४–४ को बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । पहिलो लेग ३–३ को बराबरीमा समिएको थियोे ।

त्यस्तै अर्को खेलमा बायर्न म्युनिख सेमिफाइनलमा पुगेको छ । दोस्रो लेगमा आर्सनललाई १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । पहिलो लेग २–२ को बराबरीमा टङगिएको थियो । अब फाइनलमा पुग्न बायर्नले रियल म्याड्रिडसँग खेल्नेछ ।

त्यस्तै अर्को सेमिफाइनलमा पेरिस सेन्ट जर्मेइन (पिएसजी) र बरुसिया डर्टमन्ड खेल्नेछन् । अस्ति भएको खेलमा पिएसजीले बार्सिलोना र डर्टमन्डले एट्लेटिको म्याड्रिडलाई हराउँदै अन्तिम चारमा पुगेका हुन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया