सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आज सकिंदै

 बैशाख ६, २०८१ बिहिबार १२:२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बेलुका ५ बजे सकिंदैछ । सत्तारूढ गठबन्धनभित्र भएको छलफल अनुसार एकीकृत समाजवादीले संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई अघि सारेको भए पनि एमालेले औपचारिकरुपमा समर्थन गरिसकेको छैन ।

एकीकृत समाजवादीले पहिलोपटक चैत २३ मा सरकार गठनका लागि दिइएको समयमा कांग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको थियो । चौधरीले वैशाख २ मा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।

एमाले र माओवादीको समर्थनमा नाउपाकै अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले निष्कर्षमा पुग्न नसकिएको भन्दै सरकार गठनका लागि पुनः आह्वान गर्नुभएको थियो ।

यो बीचमा एकीकृत समाजवादीका सोडारीले लक्ष्मणकिशोरलाई समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया