सगरमाथा आरोहण गर्न दोस्रो शिविरसम्मको बाटो तयार

 बैशाख ७, २०८१ शुक्रबार ९:२८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – यस वर्षको वसन्त याममा सगरमाथा आरोहण गर्न दोस्रो शिविरसम्मको बाटो तयार भएको छ । सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्म अघिल्ला वर्षहरुमा प्रयोग गर्दै आएको बाटो पुरिएकाले यो वसन्तयाममा नयाँ बाटो सञ्चालनमा ल्याइएको हो ।

पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार पहिलो आधार शिविर नजिक रहेको ल्हो ला पिक आसपास सन् २०१४ अगाडि प्रयोग भएको रुटनजिकै भएर नयाँ बाटो तयार पारिएको हो । दोस्रो शिविरसम्मको बाटो सगरमाथा प्रदुषण नियन्त्रण समिति र त्योभन्दा माथिको बाटो नेपाल पर्वतारोहण सङ्घको समन्वयमा आरोहण कम्पनीहरुले बनाउँछन् ।

दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा यस पटक पर्वतारोहण सञ्चालक सङ्घका तर्फबाट ‘सेभेन समिट टेक्स’ ले पाएको छ । सेभेन समिट ट्रेक्सका १० जना आइसफल डाक्टरको टोली दोस्रो आधार शिविरदेखि चुचुरोसम्मको बाटो बनाउने तयारीमा जुटेका छन् ।

यसपालिको वसन्तयाममा सगरमाथा आरोहणका लागि अहिलेसम्म ४६ देशका २ सय ७४ जनाले अनुमती लिएका छन् ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया