बैंकहरूको नाफा घट्यो

 बैशाख ७, २०८१ शुक्रबार १२:२३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म धेरै वाणिज्य बैंकहरूको नाफा घटेको छ । अघिल्लो वर्ष यही अवधिको तुलनामा यस वर्ष १३ प्रतिशतभन्दा बढीले नाफा घटेको हो ।

आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूको खुद नाफा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ थियो । यस वर्षको साउनदेखि चैतसम्म बैंकहरूले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँमात्र नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकको नाफा घटेको छ भने सात वटा बैंकको नाफा भने केही बढेको छ ।

सबैभन्दा धेरै नाफा बढ्नेमा कृषि विकास बैंक रहेको छ । यस बैंकको खुद नाफा ९७ दशमलव २२ प्रतिशतले बढेर २ अर्ब ५ करोड ३१ लाख ६६ हजार पुगेको छ । यसैगरी समीक्षा अवधिमा लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा र एभरेस्ट बैंकले पनि नाफा बढाएका छन् ।

सबैभन्दा धेरै नाफा घट्नेमा नेपाल बैंक रहेको छ । यसको नाफा ९२ दशमलव ६८ प्रतिशतले घटेर १३ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ ।

यस्तै चैतको अन्त्यसम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । दोस्रोमा ग्लोबल आईएमई बैंकले ३ अर्ब ३० करोड नाफा कमाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया