कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको सङ्कल्प प्रस्ताव पारित

 बैशाख ७, २०८१ शुक्रबार १८:७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिन माग गरेको सङ्कल्प प्रस्ताव प्रदेश सभाबाट पारित भएको छ ।

कोशी प्रदेश सभाको आजकाे बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । सभामुख अम्बरबहादुर विष्टले सङ्कल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेको र विपक्षमा रहेका सांसदहरू गतगणना प्रक्रियामा सामेल नभएका तथा मत दिन्न भन्ने पक्षमा जम्मा तीन जना सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराउनुभयो ।

सभामुख विष्टले सङ्कल्प प्रस्ताव पारित भएसँगै प्रदेश सभाको विशेष अधिवेशन आह्वान हुनुको औचित्य सकिएको भन्दै अधिवेशन अन्त्य भएको घोषणा पनि गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया