विश्व बैंकले माथिल्लो अरुण जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन गर्ने

 बैशाख ७, २०८१ शुक्रबार १८:३३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंकले सङ्खुवासभामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन गर्ने भएको छ ।

अमेरिका भ्रमणमा रहनुभएका अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक उच्च नेतृत्वबीच वाशिङ्टन डीसीमा भएको वार्तामा माथिल्लो अरुणको वित्तीय व्यवस्थापनबारेमा सहमति जुटेको भ्रमण टोली सदस्य एवम् अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिनुभयो । मन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुणसहित विश्व बैंकको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे छलफल भएको हो ।

नेपाल सरकारले सैद्धान्तिक स्वीकृति दिएपछि वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता हुनेछ । माथिल्लो अरुणका लागि जग्गा प्राप्ति र मुआब्जा वितरण पनि अन्तिम चरणमा पुगेको छ । बिजुलीको उच्च माग हुने हिउँदको छ महिना दैनिक छ घण्टा पूर्ण क्षमतामा सञ्चालन गरिने माथिल्लो अरुण महत्त्वपूर्ण योजना रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया