दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकको ज्यान गयो

 बैशाख १२, २०८१ बुधबार ९:२९:८ | हेमराज शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा लमही नगरपालिका–७ बनघुस्रीका ४३ वर्षीय महेन्द्र गिरी रहेका इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

गएराति लमही नगरपालिका–७ बनघुस्रीको पूर्वपश्चिम राजमार्गमा रोकिराखेको लु १ ख ९५७० नम्बरको ट्रकसँग प्रदेश ३–०२००९ प ९८५८ नम्बर मोटरसाइकल ठोक्किएको हो । शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया