अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउन सक्ने विधेयक सिनेटबाट पारित

 बैशाख १२, २०८१ बुधबार १५:१६:६ | एजेन्सी
unn.prixa.net

अमेरिकाको सिनेटले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विवादास्पद विधेयक अनुमोदन गरेको छ । विधेयकले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटड्यान्सलाई नौ महिनाभित्र आफ्नो स्वामित्व बिक्री गर्ने वा अमेरिकामा प्रतिबन्ध खेप्ने विकल्प दिएको छ ।

यो विधेयक राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि लागू हुन्छ । राष्ट्रपति बाइडेनले विधेकक आफूकहाँ आएपछि अविलम्ब हस्ताक्षर गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । सिनेटमा विधेयकको पक्षमा ७९ र विपक्षमा १८ जनाले मतदान गरेका छन् ।

युनिभर्सिटी अफ रिच्मन्डका कानुनका प्राध्यापक कार्ल टोबियासले यो मुद्दामा लामो कानुनी लडाइँ शुरु हुन सक्ने र त्यो झन्डै दुई वर्षसम्म चल्न सक्ने बताउनुभएको छ । बाइटड्यान्सले अमेरिकी सिनेटको निर्णयबारे आफ्नो कुनै प्रतिक्रिया नभएको बीबीसीलाई बताएको छ ।

यसअघि गएको महिना टिकटकका प्रमुख कार्यकारी शोउ जी चुले टिकटकको रक्षाका लागि आफ्नो कानुनी अधिकार प्रयोग गर्न यथासम्भव सबै कुरा गर्ने बताउनुभएको थियो । टिकटकबाट लाखौँ अमेरिकी प्रयोगकर्तासँग सम्बन्धित तथ्याङ्क चीनले हात पारेको वा पार्न सक्ने अमेरिकाको आशङ्का छ ।

सिनेटले टिकटकसम्बन्धी विषयसहित युक्रेन, इजरायल, ताइवान र इन्डो–प्यासिफिक क्षेत्रका अन्य अमेरिकी साझेदारहरूलाई सैन्य सहयोग दिने विषय गरी चार वटा विधयेक पनि पारित गरेको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया