शेयर बजार आज पनि राताम्मे, २ अर्ब ८९ करोड रुपैयाँको कारोबार
बैशाख २४, २०८१ सोमबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत् सहुलियत धान्न असम्भव रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकाे आजकाे बैठकमा कार्यकारी निर्देशक घिसिङले सरकारले विद्युतीय सहुलियत घोषणा गर्ने तर सरकारले प्राधिकरणलाई सहयोग नगर्ने अवस्था रहेको बताउनुभयो । शीत भण्डारणका लागि सरकारले विद्युतमा दिएको ५० प्रतिशत अनुदानको रकम अहिलेसम्म अर्थ मन्त्रालयले नदिएको उहाँको दाबी छ ।
उहाँले प्राधिकरणले सिँचाइका लागि प्रतियुनिट दुई रुपैयाँ २५ पैसा, खानेपानीमा पाँच रुपैयाँ ७५ पैसा र चार्जिङ स्टेसनमा सात रुपैयाँ ५० पैसा शुल्क लिइरहेको बताउनुभयो । सरकारले २० युनिट विद्युत् खपत गर्नेलाई छुट दिएका उपभोक्तामात्रै २५ लाख रहेका उहाँले बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले २० युनिट विद्युतको शुल्कबाहेक डिमान्ड शुल्क, खानेपानी, सिँचाइ, कोल्ड स्टोरेज समेत गरी झन्डै सात अर्ब बराबरको रकम अर्थ मन्त्रालयसँग माग गरिएको तर मन्त्रालयले अहिलेसम्म उपलब्ध नगराएको गुनासाे गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।