कर्णालीमा माओवादीका परियार विनाविभागीय मन्त्री नियुक्त

 बैशाख १२, २०८१ बुधबार १८:२०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको छ । परियारले आज प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आजै बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । गएकाे चैत गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सरकारलाई पूर्णता दिन सक्नुभएको छैन । मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा माओवादीले चार र एमालेले मुख्यमन्त्रीसहित चार वटा मन्त्रालय लिने सहमति भएको छ ।

मुख्यमन्त्री कँडेलले भोलि संसद्बाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया