सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
जाजरकोट – जाजरकोटबाट केन्द्रीय सरकारका लागि निर्वाचित संघीय सांसदका सदस्य तथा वर्तमान सरकारका वन मन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगतको ४ करोड विकास बजेट विनियोजन गर्नुभएको छ ।
जिल्ला समन्वय समितिका अधिकारीको कार्यकक्षमा बसेको बैठकमा पार्टी कार्यकर्ता तथा स्थानीय सरकारका प्रमुखहरुको मागका आधारमा बजेट विनियोजन गरिएको बस्नेतले बताउनुभयो । विगतमा सांसद विकास कोषका नाममा आउने रकम प्रादेशिक संरचनाको विकाससँगै स्थानीय सरकारको खाताबाट कार्यान्वयण हुने गरी कोषको रकम बाँडिने गरिएको छ ।
जारकोट जिल्लाबाट संघीय संसदका लागि एकजना प्रतिनिधि रहने व्यवस्था छ । त्यही व्यवस्था अनुसार वर्तमान सरकारले विनियोजन गरेको पूर्वाधार विकास साझेदारी कार्यक्रमको चार करोड रकम बाँडिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शाखा निर्माणका लागि बाहेक अरु सबै विनियोजित रकम कार्यकर्तामुखी भएको स्थानीयको टिप्पणी छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शाखा निर्माणका लागि ५० लाख रुपैयाँको बजेट विनियोन गरिएको छ ।