आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – संघीय संसदको बैठक सूचना टाँसेर स्थगित भएको छ । सोमबार अपरान्ह १ बजेका लागि बोलाइएको संघीय संसदको संयुक्त बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्धारा जारी सूचनामा ‘मिति २०७५ साल जेठ २८ गते सोमबार दिनको १ बजे बस्ने गरी सूचना गरिएको संघीय संसदको दुवै सदनको संयुक्त बैठक विशेष कारणबस बस्न नसक्ने भएकाले सभामुख र अध्यक्षको निर्देशन अनुसार बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको’ जनाइएको छ ।
यसअघि आइतबारको प्रतिनिधिसभा बैठक रातो किताब नआएका कारण सभामुख कृष्णबहादुर महराले विनियोजन विधेयकमाथिको छलफलको बुँदा १ देखि ७ सम्मका सबै कार्यसूची हटाउनुभएको थियो ।