सुनसरीमा गोली हानी एकजनाको हत्या

 मंसिर ५, २०७५ बुधबार ९:३४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरीको दुहबीमा एकजनाको हत्या भएको छ ।

दुहबी गाउँपालिका वडा नम्बर ९ मा रहेको जयबावा इँटा भट्टामा कार्यरत स्थानीय फिदा हुसेनमाथि मोटरसाइकलमा आएका दुई जनाले गोली हानेका थिए ।

छातीमा गोली लागेपछि गम्भीर घाइते भएका हुसेनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । हुसेन दुहबी गाउँपालिका वडा नम्बर ९ का वडाअध्यक्ष मेहदी हुसेनका भाइ हुन् । 

२० वर्षदेखि इँटा उद्योगमा कार्यरत हुसेनले उद्योगको सम्पूर्ण रेखदेख गर्दै आएका थिए । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया