नेकपाको सचिवालय बैठक बस्दै

 मंसिर ६, २०७५ बिहिबार ९:१३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेपछि बस्ने बैठकमा तल्लो तहको पार्टी एकीकरणका लागि नेताहरूको कार्यविभाजनको अन्तिम प्रस्ताव तयार हुने नेकपाले जनाएको छ ।

तल्लो तहको एकीकरणसम्बन्धी प्रारम्भिक प्रस्ताव तयार गर्न गठित कार्यदलले तल्लो तहबाट आएका प्रस्तावका आधारमा तयार पारेको प्रारम्भीक खाका माथि सचिवालयले छलफल गर्न लागेको हो । आजको बैठकले एकता र कार्यविभाजनको प्रस्ताव तयार गरेर स्थायी समिति बैठक बोलाउने तयारी रहेको नेकपाले जनाएको छ ।

बिहीबारको बैठकमा तत्काल केन्द्रीय समितिको बैठक बोलाउन २१ जना केन्द्रीय सदस्यले माग गरेको विषयमा पनि अनौपचारिक छलफल हुनसक्ने सम्भावना छ । नेकपाका नेता माधवकुमार नेपाल निकट रहेका २१ जना केन्द्रीय सदस्यले सरकार र पार्टी सञ्चालनबारे असन्तुष्टि जनाउँदै तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया