समृद्ध नेपाल निर्माणका लागि साहसी युवाको आवश्यकता छ : मन्त्री मगर

 मंसिर ७, २०७५ शुक्रबार १८:४२:३८ | उषा तामाङ

दोलखा – खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले समृद्ध नेपाल निर्माणका लागि साहसी युवाको आवश्यकता रहेको बताउनुभएको छ । 

प्रकाश दाहालको स्मृतिमा सदरमुकाम चरिकोटमा आयोजित प्रथम प्रकाश स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको समापन समारोहमा मन्तव्य व्यक्त गर्नुहुँदै मन्त्री मगरले जुझारु मेहनती, राष्ट्रभक्त तथा बफादार युवाको खाँचो रहेको बताउनुभयो । 

नेकपाको दुई तिहाइ नेतृत्व भएको सरकारले सुखी नेपालीको कल्पना गरिरहेकाले नेपालका समग्र युवाहरु जुझारु, मेहनती, राष्ट्रभक्त, बफादार दृढ संकल्प भए सरकारको कल्पना पूरा हुने मन्त्री मगरको भनाई थियो । 

खेलाडीहरु साहसी, दृढ हुनुका साथै कलाप्रति प्रतिबद्ध हुने भएकाले समृद्ध नेपाल बनाउन राष्ट्रले यस्तै युवाको खोजी गरिरहेको उहाँको भनाई थियो । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया