सप्तरीमा तीर्थयात्री बोकेको बस पोखरीमा खस्यो, ५ जनाको ज्यान गयो

 मंसिर ८, २०७५ शनिबार ८:१४:३१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी –  सप्तरीको भारदह–राजविराज सडकखण्ड अन्तर्गत इनरुवामा तीर्थयात्री बोकेको बस शुक्रबार राति दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये डाकनेश्वरी नगरपालिका वडा नम्बर ११ की वेचनीदेवी यादव, ६५ वर्षीया ठकनीदेवी यादव र ७० वर्षीया सिकिलदेवी साहको पहिचान खुलेको छ । अन्य मृतक २ जनाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो । दुर्घटनामा ३ दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक छ ।

अधिकांश यात्रु डाक्नेश्वरी नगरपालिकाकै रहेको एसपी विष्टले जानकारी दिनुभयो । घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासिन्दाको सहयोगमा उद्धार भएको छ। दुर्घटनामा घाइते भएका अधिकांश डाकनेश्वरी नगरपालिकाको औरही, भूतही र लबका टोलका नै रहेका छन् । गम्भीर घाइते भएका ६ जना यात्रुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने अन्य यात्रुको राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल, भारदह अस्पताल र हनुमानगरस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

सुनसरीको बराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका झण्डै ६० जना यात्रु बोकेको को १ ख २७९९ नम्बरको छिन्नमस्ता माँ भगवती ट्राभल्सको बस सडक छेउमा रहेको पोखरीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनाको कारण आधिकारिक रुपमा नखुले पनि पछाडिबाट मालबाहक ट्रकले ठक्कर हानेपछि बस सडक छेउकै पोखरीमा खसेको स्थानीयले जनाएका छन् ।

यसैबीचे दुर्घटनामा मृत्यु भएका परिवारलाई तत्काल जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकर यादव मनोजले ५० हजार आर्थिक सहयोग व्यक्तिगत रुपमा सहयोग गर्नुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया