डोटी बस दुर्घटनाका घाइतेको उपचार खर्च पूर्वमन्त्री बलायरले ब्यहोर्ने

 मंसिर ८, २०७५ शनिबार १५:४४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – नेपाली कांग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायरले बिहीबार साँझ डडेलधुरा दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्गको रढुवा खोलामा भएको पिसजोन एकेडेमीको बस दुर्घटनामा घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च आफूले ब्यहोर्ने बताउनु भएको छ ।

पूर्व मन्त्रीसमेत रहनु भएका नेता बलायरले दुर्घटनामा परि काठमाडौंको वीर अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको सम्पूर्ण उपचार खर्च आफूले व्यक्तिगत रुपमा ब्यहार्ने बताउनु भएको हो ।

घाइतेलाई अस्पतालमा भेट्दै उहाँले यस्तो घोषणा गर्नु भएको हो । उहाँले घाइतेका आफन्तलाई आर्थिक सहयोग पनि गर्नु भएको छ । बस दुर्घटनामा परि घाइतेहरु भएका केही बिरामीको वीर अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।

बस दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया