श्रीलंकाविरुद्धकाे सिरिज ह्वाइटवास गर्ने तयारीमा इंग्ल्याण्ड, तेस्रो टेस्टमा पनि राम्राे लयमा

 मंसिर ८, २०७५ शनिबार २०:२८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा पनि इंग्ल्याण्डले राम्रो लय लिएको छ ।

पहिलो र दोस्रो टेस्ट जितेको इंग्ल्याण्ड टेस्ट सिरिज ह्वाइटवास गर्ने तयारीमा रहँदा श्रीलंका यो टेस्ट जितेर श्रृंखला २–१ म झार्ने प्रयासमा हुने छ ।

दोस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले घरेलु टोली श्रीलंकालाई अल आउट गराएर दोस्रो पारि सुरु गरेको छ । दोस्रो पारिमा इंग्ल्याण्डले ४ अाेभर खेल्दै ३ रन जोडेको छ । पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ३३६ रन बनाएको थियो । त्यसपछि पहिलो पारि सुरु गरेको श्रीलंका एकै दिनमा २४० रन बनाउँदै ९५ रनले पछि परेको थियो ।

श्रीलंकाका ब्याट्सम्यानलाई रोक्ने क्रममा इंग्ल्याण्डका अदिल रासिदले ५ तथा बेन स्टोक्सले ३ विकेट लिएका थिए । श्रीलंकाका दिमुथ करुनारत्नेले ८३ तथा धनञ्जय सिल्भाले ७३ रन बनाएर गतिलो साझेदारी गरेका थिए ।

तर अन्य ब्याट्सम्यानका साथमा बलियो साझेदारी नहुँदा इंग्ल्याण्डसँग ९५ रनले पछि परेको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया