घरबाट बेपत्ता भएकी बालिका मृत फेला

 मंसिर ९, २०७५ आइतबार १९:१४:५७ | डीबी बिष्ट
unn.prixa.net

फाइल तस्बिर

बझाङ – गएको कात्तिक २८ गते घरबाट बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छिन् ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडा कि १५ वर्षीया सपना बम मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ । २८ गते घरबाट बेपत्ता भएपछि खोजी कार्यका लागि भन्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यलयमा निवेदन दिएका थिए ।

बालिकाको शव नदीको किनारमा सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बालिकाको मोबाइल र चप्पल सेती नदीको छेउ ढुङ्गामा भेटिएको छ ।

प्रहरीका अनुसार बालिकाले सेती नदीमा हाम फालेर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । मृतक सपना बम सुनिपिपल चौर माविमा कक्षा १० मा अध्यन गर्थिन ।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया