विपिन कार्की ड्राइभर बन्दै ?

 मंसिर ९, २०७५ आइतबार १९:२३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र जात्राले नेपाली दर्शकको राम्रो साथपायो । कमेडी विधामा निर्माण गरिएको चलचित्रलाई अपुरोमा नै टुङ्ग्याइएको थियो । 

त्यसैलाई निरन्तरता दिँदै चलचित्र जात्रै जात्राको छायाँकन सुरु गरिएको थियो । तर अकस्मात चलचित्रका मुख्य कलाकार विपिन कार्की दुर्घटनामा परेपछि चलचित्रको छायाँकन रोकिएको छ ।

उनी चलचित्र छायाँकनका लागि छायाँकन स्थलमा जाँदै गर्दा दुर्घटनामा परेका थिए । अहिले उनको उपचार भइरहेको छ । उनि पुरै रुपमा ठिक हुनासाथ छायाँकनलाई अघि बढाइने चलचित्रका निर्देशक प्रदिप भट्टराईले बताउनुभयो । 

चलचित्रको टिजर भने यसअघि नै सार्वजनिक भइसकेको छ । टिजर सार्वजनिक भएसँगै चलचित्रको चर्चा थपिएको छ । चलचित्रको टिजरलाई दर्शकले पनि रुचाएका छन् ।

चलचित्र जात्रामा पुस्तक पसलेको भूमिकामा देखिएका कलाकार विपिन कार्कीलाई चलचित्र जात्रै जात्रामा भने ट्याक्सी ड्राइभरको भूमिकामा देखिन लागेको बुझिएको छ । 

नेपाल सरकारले ट्याक्सी ड्राइभरहरुले अनिवार्य रुपमा लगाउन पर्ने ज्याकेट तोकेको छ । चलचित्रको छायाँकन स्थलबाट नै बाहिरिएको तस्बिरले पनि यो कुराको पुष्टि गरेको छ । विपिनले ट्याक्सी ड्राइरले लगाउने ज्याकेट लगाएका छन् । 

चलचित्रमा प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । यसअघि उनले चलचित्र ‘जात्रा’, ‘शत्रुगते’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन् ।

चलचित्र‘जात्रै जात्रा’मा विपिनसँगै वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा,कविन्द्र त्रिपाठीलगायतका कलाकारहरुकोअभिनय रहेको छ । 

सिंगे लामा र यादव पौडेलले चलचित्रको निर्माण गरेका हुन् । चलचित्र फागुन १७ गते देखि नेपालभर प्रदर्शनमा आउने बताइएको छ ।

 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया