च्याम्पियनसिप फुटबलमा बर्मिङघम सिटीमाथि एस्टोन भिल्लाको जित

 मंसिर १०, २०७५ सोमबार ७:१०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियनसिप फुटबल अन्तर्गत एस्टोन भिल्लाले बर्मिङघम सिटीमाथि ४–२ गोल अन्तरको जित निकालेको छ । आइतबार राति भएको खेलमा बर्मिङघमले सुरुवाती अग्रता जोगाउन नसक्दा एस्टोन भिल्लासँग पराजित हुन बाध्य बन्यो । जितसँगै भिल्ला २८ अंकका साथ ८औं तथा पराजित बर्मिङघम २४ अंकका साथ १२औं स्थानमा छ ।

२८औं मिनेटमा गोल गर्दै बर्मिङघमले अग्रता लिएका थियो । बर्मिङघमका लागि लुकास जुट्वीसले भलि गोल गर्दै अग्रता दिलाएका थिए । तर १ गोलले पछि परेको भिल्लाले ९ मिनेट पछिनै बराबरी गरेको थियो । भिल्लाका लागि जोनाथन कोड्जियाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसको २ मिनेट पछिनै ज्याक ग्रेलिसले गोल गर्दै भिल्लालाई २–१ को अवस्थामा पुर्‍याए ।


  
पहिलो हाफमै २–१ को अग्रता बनाएको भिल्लाकाले ५१ औं मिनेटमा पेनाल्टी पाएको थियो । पेनाल्टीमा टेमी अब्राहमले गोल गर्दै खेल ३–१ को अवस्थामा पुर्याएका थिए । ५७औं मिनेटमा बर्मिङघमका लागि क्रिस्टियन पेडरसनले गोल गर्दै गोल अन्तर ३–२ मा ल्याएका थिए । तर ७६औं मिनेटमा एलन हुटनले गोल गर्दै भिल्लालाई ४–२ को जित दिलाउन सफल भए ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया