नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुल्यो

 मंसिर १०, २०७५ सोमबार ११:२५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली सेनाले ठूलो संख्यामा भर्ना आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि विभिन्न पदमा ३ हजार ८ सयको संख्यामा भर्ना आह्वान गरेको हो । 

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार पृतना हेडक्वाटर नारायणहिटीमा सबैभन्दा बढी ३५० सैन्य पदमा भर्ना खुलेको छ ।

दरखास्त दिने म्याद मंसिर १० गतेदेखि मंसिर २४ गतेसम्म छ । दोब्बर दस्तुर तिरेर पुस २ गतेसम्म दरखास्त दिन पाइने छ ।


अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • गोबिन्द भट्टराई

    Dec. 31, 2020, 3:32 a.m.

    ढिलो भएकोमा माफि पाउ /

  •  0 Reply

तपाईको प्रतिक्रिया