काठमाडौंका बुद्धनगरमा रहेको फर्निचर उद्योगमा आगलागी

 मंसिर १०, २०७५ सोमबार १६:२४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंको बुद्धनगरमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । 

झण्डै एक घण्टा अघिदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । 

आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुरबाट दमकल लगिएको छ । यस्तै प्रहरीले पानीका ट्याङकरबाट पानी ओसार्ने काम भइरहेको  जनाएको छ  । आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ । आगो लाग्नुको कारण खुल्न सकेको छैन । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया