‘रणवीर’मा सुशील सिटौलाको रिसाएको रुप

 मंसिर ११, २०७५ मंगलबार १४:४१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली चलचित्र‘रणवीर’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता सुशील सिटौलाको चरित्र प्रस्तुत गरिएको छ ।

पोस्टरमा उनी निकै रिसाएको देखाइएको छ । उनी हालचलचित्रको कथावस्तु अनुसारको लुक्सका लागि नियमित जिम गरिरहेका छन् । उनले नियमित रुपमा जिम गरेर ७० केजीबाट आफ्नौ तौल ८५ केजी बनाएका छन् । उनले यसै चलचित्रका निम्ति झण्डै९ महिनादेखि जिम गरिरहेको बताइएको छ । 

चलचित्रमा सुशीलसँगै प्रशान्त ताम्राकार, रवि गिरी, शुभेच्छा खड्का, नरेश पौडेललगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ‘रणवीर’को निर्देशन गोविन्द सिंह भण्डारीले गरेका हुन् । चलचित्रको कथा, पटकथा तथा संवादपनिनिर्देशक भण्डारीकै रहेको छ ।

चलचित्र ‘रणवीर’मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । चलचित्रमा हर्कुलेस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको छ ।

गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीले चलचित्रको निर्माण गरेका हुन् । चलचित्र युनिटले माघ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया