एपीएफलाई हराउँदै मनाङ मर्स्याङ्दी फेरि ए डिभिजन लिगको शीर्ष स्थानमा

 मंसिर ११, २०७५ मंगलबार १६:३३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा अहिले मनाङ मर्स्याङ्दीको अपराजित यात्रा कायमै रहेको छ । आज भएको खेलमा मनाङले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा मनाङले एपीएफलाई दुई–एकले हरायो । खेलको १९ औं मिनेटमा विदेशी खेलाडी एडीलाजे डोमिडीले गोल गर्दै मनाङले अग्रता बनाएको थियो ।

तर २७ औं मिनेटमा मनाङले एपीएफलाई पेनाल्टीको अवसर दियो । जसलाई एपीएफका नवीन लामाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए। तर ४४ औँ मिनेटमा मनाङले फेरि खेलमा अग्रता बनायो । एपीएफको डिफेन्सको गल्तस्को फाइदा उठाउने अञ्जन विष्ट गोल गरे ।

दोस्रो हाफमा मनाङले दुई वटा मौकालाई सदुपयोग गर्न सकेन भने एपीएफ खेलमा फर्कन सकेन । जसका कारण मनाङले स्पष्ट तीन अंक बटुल्यो । लगातार चार खेल जितेको मनाङको १२ अंक भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया