दुई दिन लगातार रोकिएको नेकपाको सचिवालय बैठक आज बस्ने

 मंसिर १२, २०७५ बुधबार ८:२६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दुई दिन लगातार रोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तल्लो तहका संगठनको एकता मोडेल बनाउन नसक्दा बैठक दुई लिन लगातार सरेको हो ।

बुधबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादलले तयार पारेको तल्लो तह र जनवर्गीय संगठनको एकताको मोडेलका विषयमा छलफल हुनेछ ।

पार्टी अध्यक्षले जनवर्गीय संगठनको एकता मोडल तयार पार्न नसकेको भन्दै नेकपाभित्र आन्तरिक असन्तुष्टि बढेको छ । लामो समयदेखि केन्द्रीय समिति बैठक बस्न नसक्दा पनि नेताहरुले असन्तुष्टि जनाउदै आएका छन् ।  
 

अन्तिम अपडेट: चैत २७, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया