हाडजोर्नी तथा नसा सम्बन्धी बिरामीको उपचार गर्न डाक्टर केसी बझाङ अाए

 मंसिर १२, २०७५ बुधबार २०:१८:१९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – डाक्टर गोविन्द केसी बझाङको देउलेख प्राथमिक स्वास्थ्य चौकीमा अाइपुग्नु भएको छ ।

मंगलबार दिउँसो डाक्टर केसी एकाएक देउलेख प्राथमिक स्वास्थ्य चौकीमा अाइपुग्नु भएको हो । बझाङ जिल्लाको समग्र स्वास्थ्य अवस्था बझ्नका लागि भन्दै डाक्टर गोविन्द केसी देउलेख प्राथमिक स्वास्थ्य चौकीमा अाइपुग्नु भएको हो ।

बुधबार र बिहीबार हाडजोर्नी तथा नसा रोग भएका बिरामीहरुका लागि दुई दिने क्याम्प समेत सञ्चालन गरिने देउलेख प्राथमिक स्वास्थ्य चौकीका प्रमुख सन्दीप ओखेडाले जानकारी दिनुभयो ।

डाक्टर केसी औषधिसहित निःशुल्क सेवा प्रदान गर्ने भन्दै देउलेख प्राथमिक स्वास्थ्य चौकीमा अाइपुग्नुभएको स्वास्थ चौकीले जानकारी दिएको छ । बुधबार बिहान ९ बजेदेखि क्याम्प सञ्चालन हुने उहाँको भनाई छ ।

हाडजोर्नी र नसा सम्बन्धी कुनै रोग भए निःशुल्क रुपमा उपचार गराउन बझाङवासीहरुलाई उहाँले आग्रह गर्नुभएको छ । देउखलमा उपचार नभए काठमाडौंको टिचिङमा लगेर निःशुल्क उपचार गराइदिने डाक्टर केसीले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया