यसपटक ईपीएलको उपाधि हामीले जित्छौँ : ललितपुर प्याट्रियट्स

 मंसिर १२, २०७५ बुधबार २०:१७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एभरेष्ट प्रिमियर लिगमा सहभागी टिम ललितपुर प्याट्रियट्सका मालिक किशोर श्रेष्ठले यसपटकको उपाधि आफ्नो टिमले जित्ने दावी गरेका छन् ।

अघिल्लो सिजन सानो गल्तीले फाइनल पुग्नबाट बञ्चित भएकोमा कुनै दुःख भने नलागेको बताए । यसपटक ललितपुर टिम राम्रो र ब्यालेन्स रहेको बताउँदै उनले कप्तान ज्ञानेन्द्र मल्लसँगै अरु नेपाली खेलाडी पनि राम्रो फर्म रहेको र विदेशी खेलाडी झन उत्कृष्ट रहेको बताउँदै उनले यसपटक एक सय प्रतिशत उपाधि ललितपुरले जित्ने बताए ।

उनले भने, ‘टिममा गौरव टमोर जो पीपीएलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए, त्यसमा पनि सन्नी पटेल जो पीपीएलको उत्कृष्ट खेलाडी बनेका थिए, उनीहरु टिममा हुनाले यसपटक उपाधि जित्नेमा ढुक्क छौँ ।’ 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया